मिल सञ्चालन नहुँदा उखु आधा मूल्यमै बिक्री

सर्लाहीः सरकारले उखुको मूल्य नतोक्दा र चिनी मिल सञ्चालन नहुँदा सर्लाहीका उखु किसान आधा मूल्यमै सख्खर उत्पादकलाई उखु बिक्री गर्न बाध्य भएका छन्।

गत वर्ष सरकारी अनुदान समेत गरी उखुको मूल्य प्रतिक्विन्टल ५३६ रुपैयाँ ५६ पैसा तोकिएको थियो। अहिले किसानले सख्खर उत्पादकलाइ प्रतिक्विन्टल २५० देखि ३०० रुपैयाँमा बिक्री गर्दै आएका छन्। सरकारले उखुको मूल्य तोक्न ढिला गर्दा उखु खेतमै सुक्न थालेपछि सस्तो मूल्यमा उखु बेच्न बाध्य भएको बरहथवा नगरपालिका–१५ हिरापुरका किसान बालकिशोर गुप्ताले गुनासो गरे।

याे पनि पढ्नुस  उखु किसानको भुक्तानी नदिने उद्योगी कारबाहीमा

‘बिक्री गरेको उखुको भुक्तानी नपाउँदा घर व्यवहार चलाउनै मुस्किल परेको छ,’ गुप्ताले भने, ‘समयमै उखु बिक्री गर्न सकिएन भने तौल घट्ने चिन्ताले क्विन्टलको २५० रुपैयाँ भए पनि क्रसरलाई उखु बिक्री गर्नु परेको छ।’

किसानले सरकारले दिने भनेको अनुदानको रकम पनि पाएका छैनन्। उद्योगलाई बिक्री गरेको उखुको रकम नपाएको किसानहरुको गुनासो छ। ‘चिनी उद्योग पनि सञ्चालन भएका छैनन्,’ उखु उत्पादक संघ सर्लाहीका अध्यक्ष कपिलमुनि मैनालीले भने, ‘उद्योगको भर पर्दा किसानको बिजोगनै भइसक्यो। क्रसरलाई उखु नबेचेर के गर्नुरु’

याे पनि पढ्नुस  सरकारद्वारा उखुको समर्थन मूल्य निर्धारण

यस क्षेत्रको हरिवनमा रहेको इन्दुंशकर चिनी उद्योगले किसानको रकम भुक्तानी गरे पनि धनकौलस्थित अन्नपूर्ण चिनी उद्योग र बगदहस्थित महालक्ष्मी चिनी उद्योगले एक वर्षअघिको उखुको रकम नदिएको अध्यक्ष मैनालीले बताए।

किसानले पटकपटक समयमै उखुको भुक्तानी र उद्योग सञ्चालन गर्न दवाब दिए पनि उद्योग सञ्चाकले अटेर गरिरहेको उनको भनाइ छ। मूल्य कायम नहुञ्जेल गत वर्षकै मूल्यलाई न्यूनतम मूल्य मानेर हरिवन चिनी उधोगले उखु क्रसिङ गर्न सुरु गरिसकेको छ। अन्नपूर्ण र महालक्ष्मी चिनी उद्योग सञ्चालनमा आएका छैनन्।

कमेन्ट गर्नुहोस्