९ महिनादेखि शिक्षकले पाएनन् तलब

कञ्चनपुरः कञ्चनपुरको भीमदत्त नगरपालिका–७ हल्दुखालमा अवस्थित महाकाली जनसेवा माध्यमिक विद्यालयका कर्मचारी र निजी स्रोतका शिक्षकले तलब पाउन सकेका छैनन् । विद्यालयले आर्थिक स्रोत जुटाउन नसक्दा उनीहरुले नौ महिनादेखिको तलब पाउन नसकेका हुन् । चार जना कर्मचारी, कक्षा ११, १२ का दुई जना शिक्षकले तलब पाउन नसकेका हुन् ।

विद्यालयमा कार्यरत शिक्षक शेरसिंह धाँमीले नौ महिनादेखिको तलब पाउन बाँकी रहेको बताउनुभयो । विद्यार्थीको सङ्ख्या थोरै हुँदा उठ्ने शुल्कले विद्युत् महशुल, फर्निचर मर्मत, मसलन्द खरिद गर्नकै लागि पुग्दैन विद्यालयका प्रधानाध्यापक भक्तबहादुर कार्कीले भने, ‘त्सैले कर्मचारी र शिक्षकको पूरै तलब भुक्तान गर्न सकेका छैनौँ ।

’ विद्यालयको घाटापूर्ति नहुँदा अन्यौलता बढेको छ उनले भने, ‘विद्यालय सञ्चालन गर्न निकै समस्या छ । पढाई प्रभावित नभए पनि तलब नपाउँदा शिक्षकको मानसिकरुपमा असर हुदा पढाइको गुणस्तरमा प्रभाव पर्नु स्वभाविक नै हो ।’ वि.सं २०२९ मा विद्यालय स्थापना थियो ।

कमेन्ट गर्नुहोस्