काठमाडौंः नेपाली कांग्रेसले पार्टीका प्रदेश ५ संसदीय दलका उपनेता रहेका चिनी मिल सञ्चालक विरेन्द्र कनौडियलाई पुस २५ गतेभित्र उखु किसानको वक्यौता रकम तिर्न उर्दी जारी गरेको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार ट्विट गर्दै नेता कनौडियालाई पुस २५ गतेभित्र उखु किसानको वक्यौता रकम भुक्तानी गर्न उर्दी जारी गरेका हुन् । शर्माले रकम भुक्तानी गरिएको बारे केन्द्रीय कार्यालयलाई जानकारी गराउनसमेत भनेका छन् ।
उनले भनेका छन्,
‘श्री विरेन्द्र कनौडिया, सांसद, प्रदेश ५
उखु किसानलाई पुस २५ भित्र रकम भुक्तानी गरेर सो को जानकारी केन्द्रीय कार्यालयलाई गराउनु हुन, यहाँलाई सार्वजनिक सूचना जारी गरिएको छ ।’
साथै शर्माले अन्य सबै उद्योगीमार्फत किसानलाई भुक्तानी तत्काल दिलाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।
श्री विरेन्द्र कनौडिया,सांसद,प्रदेश ५…
उखु किसानलाई पुस २५ भित्र रकम भुक्तानी गरेर सो को जानकारी केन्द्रीय कार्यालयलाई गराउनु हुन, यहाँलाई सार्वजनिक सूचना जारी गरिएको छ lअन्य सबै उधोगि मार्फत किसानलाई भुक्तानी
तत्काल दिलाउन @PM_Nepal समक्ष अपिल छ l— Bishwa Prakash शर्मा (@bishwaprakash77) January 3, 2020