बझाङको थली जिउलोमा १५ बर्षपछि हिउँ (तस्बिरसहित)

बझाङः बझाङकाे छविसपाथिभेरा गाउँपालिका–६ मा पर्ने थली जिउलोमा १५ बर्षपछि हिँउ परेको छ । यसअघि ली जिउलोमा २०६१ साल फागुनमा हिउँ परेको थियो ।

फरक बिशेषता बोकेको थली जिउलोमा बर्षमा दुई ओटा बाली धान र गहुँ लगाईन्छ । यस जिउलोमा फल्ने धान अन्य ठाउँमा फल्ने धानको तुलनामा निकै फरक छ । यस जिउलोमा धान रोपाईमा एकै दिन रोपाईको सुरुवात गर्ने चलन छ ।

शुक्रबार हिँउ परेको तस्बिर फेसबुकमा पोष्ट गर्दै छविसपाथिभेरा गाउँपालिका–६ का हृदय पुजाराले यस्तो लेखेका छन्, ‘नेपाल भ्रमण बर्ष २०२० मा गन्तब्यमा पर्न नसकेको मेरो जन्मभूमि हिउँको तन्नाले सजिएको थली जिउलो, स्वर्गको टुक्रा नै जस्तो लाग्छ ।’

हिउँ नपर्दाको थली जिउलो

कमेन्ट गर्नुहोस्