६ लाख धरौटीमा रिहालगत्तै विप्लवका जिल्ला सेक्रेटरीले गरे पार्टी परित्याग

धादिङः प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जिल्ला सेक्रेटरी बुद्ध गुरुङ साढे ६ लाख धरौटी रकम बुझाएर रिहालगत्तै पार्टी परित्यागको घोषणा गरेका छन् ।

रिहा भए लगत्तै शुक्रबार पत्रकार सम्मेलन गरि गुरुङले आफू अब पार्टीमा नरहेको घोषणा गरेका हुन् । उनले पार्टीले दिएको सबै जिम्मेवारी छाडेर आफू स्वतन्त्र जीवनयापन गर्न चाहेको बताए ।

याे पनि पढ्नुस  विप्लवका जिल्ला नेताद्वारा कारागारबाटै पार्टी परित्याग

गुरुङ गत भाद्र ३० गते धादिङ–काठमाडौं सीमा नाका नागढुङ्गाबाट प्रकाउ परेका थिए । ३ महिना १८ दिन थुनामा बसेका गुरुङ जिल्ला अदालतमा साढे ६ लाख धरौटी बुझाएर रिहा भएका हुन्।

गुरुङले एउटा विचार बोकेर आफू विप्लव पार्टीमा आवद्ध भएर राजनीतिमा कृयाशिल हुँदा गरिएका क्रियाकलापले कोहीकसैलाई असर पुगेको भए क्षमा दिन अनुरोध गरे।

याे पनि पढ्नुस  ३५ हजार धरौटी बुझाउन नसक्दा विप्लवका २ नेता कारागार चलान

गुरुङलाई प्रहरीले विप्लव समूहले गरेको आगजनी, तोडफोड र बम आतङ्कका १ दर्जन भन्दा बढी घटनामा मुख्य अभियुक्त बनाएर पक्राउ गरेको थियो ।

कमेन्ट गर्नुहोस्