चरेससहित ७० वर्षीय बृद्ध पक्राउ

कञ्चनपुरः जिल्लाको भीमदत्त नगरपालिका–३ का ७० वर्षीय उज्जल सिंह ऐडी लागूऔषध चरेसको कारोवार गरेको आरोपमा पक्राउ परेका छन् ।

गोप्य सूचनाका आधारमा उनीबाट जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले टोलीले खानतलासी गर्दा कालो प्लाष्टिकभित्र राखिएको ४५८.५ ग्राम चरेस बरामद गरेको छ ।

चरेससहित पक्राउ परेका ऐडीलाई हिरासतमा राखी थप अनुसन्धानको कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक रविन्द्रनाथ पौडेलले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्