सरकारबाट बाहिरिएपछि उपेन्द्रको सहमति कांग्रेससँग

काठमाडौंः राष्ट्रियसभाको निर्वाचनमा नेपाली काँग्रेस र समाजवादी पार्टीले चुनावी तालमेल गर्ने सहमति गरेको छ ।

दुई पार्टीबीच शुक्रवार भएको छलफलमा प्रदेश २ मा हुने ४ पदको निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट महिला र अल्पसँख्यक र समाजवादी पार्टीका तर्फबाट दलित र अन्य पदमा उम्मेदारी दिने सहमति भएको पार्टीका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए ।

याे पनि पढ्नुस  राष्ट्रियसभा निर्वाचनः दाजु विजयी, भाइ फेरि पनि पराजित

राष्ट्रियसभाको निर्वाचनका लागि राष्ट्रिय जनता पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टी नेकपाबीच भएको दुई बुँदे सहमतिपछि समाजवादी पार्टीले काँग्रेससँग सहमति गरेको हो । यसअघि नेकपा, राजपा र समाजवादी पार्टीबीच चुनावी तालमेल थियो । तर यसपटक समाजवादी पार्टीले काँग्रेससँग तालमेल नगरेर नेकपासँग गर्न खोज्दा राजपा नेपालले पनि हतमत नेकपासँग तालमेल गरेको सो दलका नेताहरु बताउँछन् ।

याे पनि पढ्नुस  राष्ट्रियसभा निर्वाचनमा कांग्रेसले माओवादीसँग गठबन्धन गर्ने

राजपा नेपाल र नेकपाले प्रदेश २ का लागि तालमेल गरिसकेपछि अरु दलहरुको जित्ने सम्भावना धेरै कम छ । त्यस अवस्थामा पनि चुनावमा भाग लिनका लागि काँग्रेस र समाजवादी पार्टीले चुनावी तालमेल गरेको हो ।

कमेन्ट गर्नुहोस्