फेरि इराकमा अर्को आक्रमणः बग्दादमा ६ जना मारिए

एजेन्सीः इरानका उच्च सैन्य कमान्डर मेजर जनरल कासिस सुलेमानी मारिएको केही घण्टापछि नै पुनः इराकमा अर्को आक्रमण भएको छ ।

उक्त् आक्रमणमा ६ जना मारिएका छन् भने एक जना गम्भीर घाइते भएका छन् ।

इरान समर्थित शिया मिलिसियालाई लक्षित गर्दै क्याम्प ताजी नजिकै आक्रमण भएको हो ।

याे पनि पढ्नुस  इरान–अमेरिका विवादः इराकमा कार्यरत ३० नेपाली नेपाल फर्किँदै

समाचार संस्था रोयटर्सका अनुसार, ६ वटा शव जलेको अवस्थामा फेला परेको छ । त्यहाँ रहेका ३ सवारीसाधनमध्ये २ जलेको बताइएको छ ।

दोस्रो आक्रमणबारे भने अमेरिकाले अहिललेसम्म कुनै प्रतिक्रिया जनाएको छैन ।

कमेन्ट गर्नुहोस्