चोटका कारण केन २ महिना नखेल्ने

एजेन्सीः टोटेनहम र ईङ्ल्याण्डका फरवार्ड ह्यारी केनले चोट बोकेका छन् । क्लबका अनुसार उनको ह्यामस्ट्रिङ च्यातिएको छ ।

बुधबार साउथह्याम्टनसंग पराजित भएको खेलमा उनले निकै अहसज महशुश गरेका थिए । शुक्रबार प्रशिक्षक जोसे माउरिन्होले आफुले खराब समाचारको आश गर्दै गरेको बताए ।

याे पनि पढ्नुस  ह्यारी केन ४ महिना मैदान बाहिर

केन मैदान फर्कने बिषयमा कुनै टुङ्गो लागेको छैन । तर उनी केही साता मैदान बाहिर रहने पक्का भएको छ ।

उनी को हुन् भनेर सबैलाई थाहा छ । उनी टिमका लागि कति महत्वपूर्ण छन्, त्यो कुरा प्रशंसक र क्लबले बुझेको छ । माउरिन्होले भनेका छन् ।

याे पनि पढ्नुस  ह्यारी केन ४ महिना मैदान बाहिर

उनको स्तर, टिमले उनीसंग खेल्दा, खेलको प्रत्येक मिनेटमा उनी नहुँदा हामी सम्झिनेछौ । उनी नखेल्ने कुनैपनि खेलमा हामी उनलाई सम्झिनेछौ । उनले थपेका छन् ।

क्लबले बिज्ञप्ती जारी गर्दै केनको ह्यामस्टिङ च्यातिएको पुष्टि गरेको छ ।

हाम्रो मेडिकल टोलीले चोटको बिषयमा निरन्तर जाँच गरिरहेको छ । उपचार अगाडी बढिरहेको छ । उसले भनेको छ ।

याे पनि पढ्नुस  ह्यारी केन ४ महिना मैदान बाहिर

केनले देश र क्लबका लागि २७ खेलमा ३१ गोल गरेका थिए ।

कमेन्ट गर्नुहोस्