बीबीएलः फिन्चको टिमविरुद्ध बलिङ गर्दै सन्दीपआवद्ध मेलबर्न

काठमाडौंः अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) अन्तर्गत मेलबर्न रेनेगेड्सविरुद्ध नेपाली क्रिकेटर सन्दीप लामिछानेआवद्ध मेलबर्न स्टार्सले टस जितेर बलिङ रोजेको छ । मेलबर्न स्टार्स र मेलबर्न रेनेगेड्स विरुद्धको खेल १ः५५ बजेदेखि सुरु हुँदैछ ।

पाँचौ म्याचमा चोटका कारण विश्राम पाएका सन्दीपले आज भने प्लेइङ ११ मा मौका पाएका छन् । जारी सिजनमा पनि सन्दीपआवद्ध मेलबर्नले शानदार प्रदर्शन गरिरहेको छ ।

याे पनि पढ्नुस  बीबीएलः सन्दीपआवद्ध मेलबर्न आज पनि विजयी, उक्लियो शीर्ष स्थानमा

उसले ५ खेलमा ४ मा जित र एक खेलमा मात्र हारको सामना गरेको छ । मेलबर्न ८ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ । यता आरोन फिन्च नेतृत्वको रेनेगेड्सले भने पाँच म्याच खेल्दा जितको खाता खोल्न सकेको छैन । रेनेगेड्स गत संस्करणको विजेता टिम हो ।

याे पनि पढ्नुस  सन्दीपआवद्ध मेलबर्नको दोस्रो हार, १३औँ म्याचमा राशिदको टिमसँग भिड्न्त

मेलबर्न रेनेगेड्सविरुद्ध मेलबर्न स्टार्सको प्लेइङ–११ः ग्लेन म्याक्सवेल (कप्तान), नाथन कटर–नाइल, बेन डन्क, पीटर ह्यान्कसम्ब, सन्दीप लामिछाने, निक लार्किन, निक म्याडिन्सन, डेल स्टेन, मार्कस स्टोइनिस, डानियल वर्रल र एडम जम्पा ।

 

कमेन्ट गर्नुहोस्