यो साता तपाईका लागि कस्तो रहला? हेर्नुहोस् पुस १९ देखि पुष २५ गतेसम्मको साप्ताहिक राशिफल–
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बुद्धिको उअप्योग्ले जटिल ठानिएका कामहरु पनि सजिलै सम्पादन भएर जानेछ । अनावश्यक क्षेत्रमा धन खर्च होला विचार पुर्याउनु होला । मालसामान हराउने या चोरी हुने सम्भावना रहेको छ । समग्रमा तपाईको यो साता मध्यम रहने छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । आर्थिक क्षेत्र सबल भएर जानेछ । सामाजिक तथा नोकरी कार्यमा राम्रै सफलता मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका रहेको छ । जग्गा जमिनको कारोवार गर्दा अलि सजकता अपनाउनु पर्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) सरकारी कार्यमा सफलता मिल्नेछ । अधुरा कार्यहरु पूर्ण भएर जानेछन । रमणीय स्थलको यात्रा हुनेछ । घरायसी काममा खर्च बढाउने समय रहेको छ । साताको मध्यमा अलि होस् पुर्याएर निर्णय लिनु पर्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) एक पछि अर्को अवसरले पछ्याउने छ । सामाजिक तथा सार्वजनिक मान प्रतिष्ठामा वृद्धि हुनेछ । आतिथ्य सत्कार पाइने छ । पारिवारिक वातावरण सुखमय रहनेछ । रमाइलो यात्राको योग रहेको छ । समग्रमा कर्कट राशिका लागि यो साता सुखद रहेको छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सानातिना झैँ झमेला अल्झिने समय रहेको छ । दैनिक कार्यमा ढिलासुस्ती देखिने छ । जिद्धिपनाले काम बिग्रने सम्भावना रहेको छ। यद्धपी साताको मध्यबाट भने मनमा शान्ति छाउने छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) शुभ कार्यको चर्चा चल्नेछ ।व्यापार व्यवसायको क्षेत्रबाट राम्रै मुनाफा हात पार्न सकिनेछ। सरकारी कार्यमा सफलता मिल्नेछ। दाम्पत्य जीवन सुखद रहनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) सोचेको कुरा पुरा हुनाले मनमा उत्साह जाग्नेछ। नोकरीमा पदोन्नतीको योग रहेको छ। सामाजिक मान प्रतिष्ठामा वृद्धि हुनेछ। साताको अन्त्यतिरबाट भने स्वास्थ्यमा खेही खराबी उत्पन्न हुन सक्ला सजक रहनु पर्नेछ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) भाग्यले विभिन्न अवसर जुराउनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ ।परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) स्वास्थ्यमा समस्या देखिनेछ। काम गर्ने जोस जाँगर हराउने छ। सरसामान हराउने या त चोरी हुने सम्भावना रहेको छ। आफुलाई कम्जोर भएको अनुभूति हुनेछ। साताको मध्यबाट बिग्रिएका काम क्रमश बन्नेछ। सरकारी कार्यबाट लाभ उठाउन सकिनेछ।
मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि) सामाजिक कार्यमा सरिक हुने अवसर मिल्नेछ । रोमान्चक यात्राको अवसर मिल्नेछ। प्रेम तथा मित्रताको बन्धन कसिने समय छ। सहि निर्णयले उपलब्धि हासिल गर्न सकिनेछ। कार्यक्षेत्रमा सहयोगीको साथ सहयोग मिल्नेछ। समग्रमा तपाईको यो साता सुखद रहने छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) छोटो दुरीको लाभदायक यात्रा हुनेछ । धर्म-कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । साताको अन्त्यमा महत्वपूर्ण अवसर गुम्न सक्नेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ । मध्य सातामा प्रेमी/प्रेमिकाका बिच खिन्नता बढ्नेछ । कार्य सम्पादनमा समस्या आउला । लामो समयदेखि रोकिएका काम पुन सुचारु भएर जानेछ।