बिग बास लिगः यस्तो रह्यो आज सन्दीपको दोस्रो ओभर

काठमाडौंः अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) अन्तर्गत मेलबर्न रेनेगेड्सविरुद्ध मेलबर्न स्टार्समा आवद्ध नेपाली क्रिकेटर सन्दीप लामिछानेले आफ्नो दोस्रो ओभरमा  बिनाविकेट १२ रन दिएका छन् ।

उनले दोस्रो ओभरमा एक चौकासहित १२ रन दिएका हुन् ।

२ ओभर बलिङ गर्दा सन्दीपले बिनाविकेट १९ रन खर्चिसकेका छन् । यसअघि सातौं ओभरमा बलिङ गर्न आएका सन्दीपले एक चौकासहित ७ रन दिएका थिए ।

याे पनि पढ्नुस  बिग बास लिगः सन्दीपका टिमका स्टोइनिसलाई कारवाही

आज पनि मेलबर्न स्टार्सले टस जितेर अगाडि बलिङ गरिरहेको हो । जारी सिजनमा पनि सन्दीपआवद्ध मेलबर्नले शानदार प्रदर्शन गरिरहेको छ ।

उसले ५ खेलमा ४ मा जित र एक खेलमा मात्र हारको सामना गरेको छ । मेलबर्न ८ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ । यता आरोन फिन्च नेतृत्वको रेनेगेड्सले भने पाँच म्याच खेल्दा जितको खाता खोल्न सकेको छैन । रेनेगेड्स गत संस्करणको विजेता टिम हो ।

याे पनि पढ्नुस  आजदेखि टी–१० लिगः पारस र सन्दीप यूएईमा, पारसको टिमको खेल आज

मेलबर्न रेनेगेड्सविरुद्ध मेलबर्न स्टार्सको प्लेइङ–११ः ग्लेन म्याक्सवेल (कप्तान), नाथन कटर–नाइल, बेन डन्क, पीटर ह्यान्कसम्ब, सन्दीप लामिछाने, निक लार्किन, निक म्याडिन्सन, डेल स्टेन, मार्कस स्टोइनिस, डानियल वर्रल र एडम जम्पा ।

कमेन्ट गर्नुहोस्