३३ दिनदेखि बेपत्ता मन्दिराको शव तमोर नदीको किनारमा भेटियो

ताप्लेजुङः आठराई त्रिवेणी गाउँपालिका–२, की १९ वर्षीया मन्दिरा अधिकारीको शव भेटिएको छ ।

अधिकारीको शव बेपत्ता भएको ३३ औँ दिन तेह्रथुमको आठराई गाउँपालिका–७ मा तमोर नदीको किनारमा भेटिएको हो ।

स्थानीय मछुवाले नदी किनारका शव देखेपछि प्रहरीलाई खबर गरेको ताप्लेजुङका प्रहरी प्रमुख डिएसपी ज्ञानेन्द्र फुयाँलले बताए । गएको मंसिर १७ गते आठराई त्रिवेणी गाउँपालिका–३, हाङपाङका रमेश अधिकारीले मृतक मन्दिराको हत्या गरेर तमोर नदीमा फालेको प्रहरीसमक्ष बयान दिएका थिए । त्यसै बयानका आधारमा शवको खोजी भइरहेको थियो ।

शव फेला परेपछि मन्दिराका आफन्तलाई प्रहरीले खबर गरेको र आफन्तहरु हातका बाला, लुगा, कानका टपको आधारमा शव मन्दिराकै भएको सनाखत गरेको डीएसपी फुयाँलले बताए ।

याे पनि पढ्नुस  ताप्लेजुङकाे सिरिजङ्घा गाउँपालिकाले कक्षा ११ र १२ का विद्यार्थीलाई निःशुल्क पढाउने

अनुहार भने चिन्न नसक्ने अवस्थामा रहेको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल पाँचथर लगिँदै गरेको पनि डीएसपी फुयालले जानकारी दिए ।

यसरी भयो घटना

घटनामा संलग्न रमेशको मंसिर २५ गते विवाह तय भएको थियो। विवाहका सामान खरिद गर्न उनी मंसिर १७ गते फुङलिङ बजार गएका थिए। बजारबाट फर्कने क्रममा पीडितलाई सम्पर्क गरी पुलमा भेट्ने योजनाअनुसार भेट भएको थियो। भेटका क्रममा विवाहबारे विवाद भएपछि हत्या गरि झोलुंगे पुलबाट नदीमा हालिदिएको प्रहरी अनुसन्धानबाट खुलेको छ। घटनापछि रमेशले आफू अपहरणमा परेको र असुरक्षा भएको भन्दै आफ्नै परिवार तथा प्रहरीलाई झुटो जानकारी दिएका थिए। मन्दिरा वेपत्ता भएको र रमेशले आफू अपहरणमा परेको दिन एकै भएपछि अनुसन्धान रमेशतर्फ मोडिएको प्रहरी नायव उपरिक्षक ज्ञानेन्द्र फुयाँलले बताए।

याे पनि पढ्नुस  हिमाली जिल्ला ताप्लेजुङमा पनि डेंगु भेटियो !

रमेशको वयानपछि उनलाई लिएर घटनास्थल पुगेको प्रहरीले घटना भएको भनिएको मित्ला खेतमा मन्दिराले लगाएको आउटर, कपालमा लगाउने चिम्टी, चप्पल र छोरा मान्छेले हातमा लगाउने पञ्जा र मन्दिराले कानमा लगाएको टप फेला पारेको छ। हाङपाङका रमेश मन्दिराको घरमा बसेर गुप्तेश्वर माविमा अध्यापन गर्थे। ‘मेरा चार बहिनी छोरी हुन्। रमेशलाई छोरा सरह मानेर राखेको थिएँ, दसैंमा टिका र तिहारमा छोरीले भाइटिका लगाइदिन्थे’, मन्दिराका बुबा नन्दकुमारले भने, ‘आज यस्तो बज्रपात गरायो।’

याे पनि पढ्नुस  विवाहको प्रस्ताव राख्दा हत्या !

छोरीले दाजु र आफुहरुले छोराको रुपमा स्विकारेको मान्छेले घटना घटाएको सुन्दा कृष्णमाया अर्धमुर्छित भएकी छन्। अपराधीलाई हदैसम्मको कारवाही गरिदिन बुबा नन्दकुमारले प्रहरीसमक्ष आग्रह गरेका छन्। प्रहरीले पत्रकार सम्मेलनमार्फत् अभियुक्त रमेशलाई आइतबार सार्वजनिक गरेको हो।

 

कमेन्ट गर्नुहोस्