पर्वतः नेपाली कांग्रेसका सक्रिय युवा कार्यकर्ता एक कार्यक्रमबीच शुक्रबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।
पर्वतको जलजला गाउँपालिका– ८ शालिजाका नारायण भूसाल नेपाली कांग्रेस परित्याग गरी नेकपामा प्रवेश गरेका हुन् ।
लामो समयसम्म नेपाली कांग्रेसको गाउँ स्तर तथा युवाहरुको क्षेत्रमा सक्रिय रहेका भूसालले नेपाली कांग्रेसको पछिल्लो गतिविधिप्रति असन्तुष्ट जनाउँदै नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश कार्यक्रमका अवसरमा बोल्दै नेपाल कम्युनिष्ट पार्टी पर्वतका अध्यक्ष तथा पर्वतबाट निर्बाचित व्यवस्थापिका संसदका सदस्य पदम गिरीले नेपाल कम्युनिष्ट पार्टीको गतिविधि र नेकपा नेतृत्व सरकारको सफलतामा सहकार्य गर्न अहिले नेपाल भरी पार्टी प्रवेशको लहर चलेको बताए । उनले युवादेखि प्रौढसम्मको उत्थानका लागि नेकपा विगत देखि नै लागि परेको र भविष्यमा पनि लाग्ने प्रण गरे ।
पार्टी प्रबेश कार्यक्रममा सांसद पदम गिरी, नेकपा पर्वत कुश्मा नगर कमिटिका अध्यक्ष शंकर गिरी लगायतले बोलेका थिए ।