रसुवाः पासाङ ल्हामु मार्गको कालिका गाउँपालिका–१ मूलखर्कमा बस दुर्घटना हुँदा ७ जना यात्रु घाइते भएका छन् ।
काठमाडौंबाट धुन्चेतर्फ आउँदै गरेको प्रदेश ३ १००५ ख ९४६५ नम्बरको बस शनिबार करिब ४ बजेतिर दुर्घटनामा परेको हो ।
दुर्घटनामा घाइतेमध्य १ जनाको अवस्था गम्भीर रहेको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए। बसमा ९ जना यात्रु रहेका थिए। घाइतेलाई एम्बुलेन्स मार्फत् काठमाडौं पठाइएको छ।