त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्धको मूर्ति स्थापना

मूर्तिको लागत ७० लाख, २४ लाखको सुनको जलप

काठमाडौंः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बुद्धको मूर्ति स्थापना गरिएको छ । विमानस्थललाई बुटिक एयरपोर्टको रुपमा विकास गर्ने योजना अनुसार विमानस्थलभित्र बुद्धको मूर्ति स्थापना गरिएको हो ।

शनिबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराइले मूर्तिको अनावरण गरे । विमानस्थलमा जहाजबाट ओर्लिएपछि आगन्तुकलाई स्वगत गर्ने स्थानमा मूर्ति राखिएको छ ।

याे पनि पढ्नुस  विदेशबाट फर्किए आज ४९० नेपाली

७० लाख रुपैयाँ लागतमा निर्माण गरिएको मूर्तिमा करिब २४ लाख रुपैयाँ बराबरको सुनको जलप लगाइएको छ । विमानस्थलमा मूर्ति स्थापनापछि बुद्धको देश नेपालमा आएको अनुभव दिलाउन स्वागतद्वारा मूर्ति राखिएको मन्त्री भट्टराईको भनाइ छ ।

विमानस्थलमा एक वर्ष अघि देखि बुटिक एयरपोर्टको काम शुरु भएको थियो । विमानस्थलमा एकसिंगे गैंडा, रेडपाण्डा, गणेश, मयुर, डाँफे लगायतका मूर्तिहरु पनि राखिएका छन् ।

याे पनि पढ्नुस  त्रिभुवन विमानस्थलबाट सुनको बालासहित एक जना पक्राउ

बुद्धको मूर्तिले विमानस्थलको सौन्दर्य मात्र नभई भगवान बुद्धको जन्मस्थलको बारे विभिन्न भ्रम पनि चिर्न मद्दत पुग्ने सरकारले अपेक्षा गरेको छ ।

कमेन्ट गर्नुहोस्