भारतीय टिमलाई झड्का, कप्तान कोहलीको औँलामा चोट

काठमाडौंः श्रीलंका विरुद्धको टी–२० क्रिकेट सिरिज सुरु हुन एकदिन अघि भारतीय टिमका कप्तान विराट कोहली घाइते भएका छन् । उनी अभ्यास म्याचका क्रममा आज घाइते भएका हुन् ।

भारतीय पत्रिका दैनिक जागरको अनलाइन संस्करणका अनुसार विराटको बायाँ हातको एक औँलामा चोट लागेको छ । उनको चोट कति गम्भीर छ यसबारे रिपोर्ट आइनसकेको समाचारमा जनाइएको छ ।

याे पनि पढ्नुस  बंगलादेशविरुद्ध श्रेयस अय्यरको शानदार अर्धशतक

कप्तान कोहलीको औँलामा क्याच लिने क्रममा चोट लागेको हो । उनलाई चोट लाग्ने वित्तिकै फिजियो नितिन पटेल तुरुन्त विराटको उपचारमा जुटेका थिए ।

भारत–श्रीलंका बीचको तीन खेलको सिरिज आइतबारदेखि सुरु हुँदैछ । सिरिजको पहिलो खेल आइतबार साँझ ७ः१५ बजेदेखि सुरु हुनेछ ।

कमेन्ट गर्नुहोस्