काठमाडौंः श्रीलंका विरुद्धको टी–२० क्रिकेट सिरिज सुरु हुन एकदिन अघि भारतीय टिमका कप्तान विराट कोहली घाइते भएका छन् । उनी अभ्यास म्याचका क्रममा आज घाइते भएका हुन् ।
भारतीय पत्रिका दैनिक जागरको अनलाइन संस्करणका अनुसार विराटको बायाँ हातको एक औँलामा चोट लागेको छ । उनको चोट कति गम्भीर छ यसबारे रिपोर्ट आइनसकेको समाचारमा जनाइएको छ ।
कप्तान कोहलीको औँलामा क्याच लिने क्रममा चोट लागेको हो । उनलाई चोट लाग्ने वित्तिकै फिजियो नितिन पटेल तुरुन्त विराटको उपचारमा जुटेका थिए ।
भारत–श्रीलंका बीचको तीन खेलको सिरिज आइतबारदेखि सुरु हुँदैछ । सिरिजको पहिलो खेल आइतबार साँझ ७ः१५ बजेदेखि सुरु हुनेछ ।