काठमाडौंः अभिनेत्री ऋचा शर्मालाई मातृ शोक परेको छ। उनकी आमा रिनादेवी शर्माको गएराति निधन भएको हो ।
ऋचाले आफ्नो आमालाई सञ्चो नभएको अन्तवार्तामा बताउँदै आएकी थिइन् । उनकी आमा ६७ वर्षकी थिइन् ।
गएको मंसीर २१ गते विवाह बन्धनमा बाँधिएकी ऋचाले विवाहको रिसेप्सन पार्टीमा पनि आमा बिरामी भएको कारणले गर्दा आफू अस्पतालमा धरै बस्नु परेको बताएकी थिइन् ।