राष्ट्रियसभा निर्वाचनः उम्मेदवारी दर्ता आज

काठमाडौंः राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ।

बिहान १० बजेदेखि अपराहृन ३ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता हुने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ। राष्ट्रियसभामा रिक्त हुन लागेका १८ पदका लागि माघ ९ गते निर्वाचन हुँदैछ।

एक जनाको भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनयन हुने छ। आयोगका अनुसार उम्मेदवारले मनोनयनपत्र दर्ताका लागि नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, मतदाता नामावलीको उतार, धरौटी जम्मा गरेको नगदी रसिद वा बैंक भौचर पेश गर्नुपर्ने छ। उम्मेदवारले १० हजार धरौटी बुझाउनु पर्ने छ।

याे पनि पढ्नुस  राष्ट्रियसभा निर्वाचनः नारायणकाजीद्वारा चुनावी भेटघाट सुरु

महिला, दलित वा अल्पसंख्यक समुदाय वा आर्थिकरुपले विपन्न उम्मेदवारको हकमा भने सो धरौटी रकममा ५० प्रतिशत छुट हुने आयोगले जनाएको छ। राष्ट्रियसभामा नेकपाका ८, कांग्रेसका ७ र राजपाका २, समाजवादीका १ र सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित १ गरी कूल १९ सांसदको दुईवर्षे कार्यकाल फागुन २१ मा सकिने भएकाले निर्वाचन गर्न हुन लागेको हो।

याे पनि पढ्नुस  राष्ट्रियसभा उपनिर्वाचनका लागि खिमलालले पाए चुनाव चिह्न

राष्ट्रियसभा सदस्य निर्वाचनको मतदाता हुन, प्रदेशसभाका सांसद र स्थानीय तह गाउँपालिका रनगरपालिकाका ७ सय ५३ स्थानीय तहका प्रमुख र उपप्रमुख गरेर १ हजार ५ सय ६ जना र प्रदेशसभाका ५ सय ५० जना सांसद राष्ट्रियसभा निर्वाचनका मतदाता छन्।

तर स्थानीय तह र प्रदेशसभाका सांसदले दिने मतको भार भने फरक हुन्छ। स्थानीय तहका पदाधिकारीले दिने मतको भार १८ छ भने प्रदेशसभाका सांसदको मत भार ४८ निर्धारण गरिएको छ। दुवै तहको मतभार ५३ हजार ५ सय ८ छ।

कमेन्ट गर्नुहोस्