यूएईः यूएई स्थित नेपाली दूतावासको सेल्टरमा रहेका दुई नेपाली महिलालाइ हवाई टिकटको ब्यबस्थापन गरी शनिवार नेपाल फिर्ता गरिएको छ ।
नेपाल एसोसिएसन (एनआरएनए) यूएईद्वारा केही दिन अगाडि यूएईको रासलखेमाबाट उद्दार गरी नेपाली राजदूतावास आबूधाबीको महिला सेल्टरमा रहेका झापा निवासी राधिका मेचे र रामेछाप निवासी लकडोमा शेर्पालाई यूएई स्थित नेपाली राजदूतावासको विशेष पहल र एनआरएनए एनसीसी यूएईको सहयोगमा टिकट उपलब्ध गराई नेपाल फिर्ता गरिएको नेपाल एसोसिएसन (एनआरएनए एनसीसी यूएई) का अध्यक्ष प्रकाश कोईरालाले जानकारी दिए ।
उनीहरुको उद्दारका लागी नेपाली दूतावास यूएईका कर्मचारी ‘मोतीराम भूषाल नेपाल एसोसिएसन (NRNA) एनसीसी यूएईका पासाङ शेर्पा, मदन अधिकारी, नरेश शेन, केशव नेपाल, निरञ्जन शिलवाल, उद्दार बिभाग प्रमुख राजन खतिवडा उपाध्यक्ष अमृता सिग्देल, बिकाश शाही, महिला संयोजक शोभा शर्मा एनआरएनए रासलखेमाका अध्यक्ष ईश्वर श्रेष्ठ, सल्लाहकार श्याम उदास लगायतले सहयोग तथा सहजीकरण गरेका थिए ।
पीडित महिलालाई एनआरएनए आबुधावीका अध्यक्ष बिश्वदेब शाह, उपाध्यक्षले बिमानस्थल सम्म पुर्याई बिदाई गरेका थिए।