काठमाडौंः कृषि विकास बैंक ह्याक गरेर एक करोड रुपैयाँ लिएर फरार रहेका मोरङ रंगेली २ का ४३ वर्षीय दिपक नेपाल पक्राउ परेका छन् ।
उनलाई प्रहरी अपराध महाशाखाको विशेष अनुसन्धान टोलीले पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धानका लागि काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ ।
उनलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाले जनाएको छ ।
उनले नाइजेरियन र भारतीय नागरिकहरुसँग मिलेर नेपालका बैंक तथा वित्तीय संस्थाहरुबाट ५ अर्ब बढी रकम ह्याक गरी लैजाने योजना बनाएको प्रहरी दावी छ ।