राष्ट्रिय सभा निर्वाचनः नारायणकाजी श्रेष्ठले दर्ता गराए उम्मेदवारी

काठमाडौंः सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

आइतबार निर्वाचन अधिकृत कार्यालय कास्की, पोखरा पुगेर श्रेष्ठले उम्मेदवारी दर्ता गराएका हुन् । उनको प्रस्तावकमा गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेत र समर्थक दिलमाया रोका छन् ।

याे पनि पढ्नुस  भारतले अतिक्रमण गरेको नेपाली भूमी फिर्ता ल्याउँछौंः नेकपा प्रवक्ता श्रेष्ठ

यस्तै, नेकपाबाट भगवती न्यौपानेले पनि उम्मेदवारी दर्ता गराएकी छन् । न्यौपानेको प्रस्तावकमा नेकपा स्थायी समिति सदस्य तथा गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङ र समर्थकमा पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङ रहेकी छन् ।

माघ ९ गते रिक्त राष्ट्रियसभा सदस्यका लागि निर्वाचन हुँदैछ ।

कमेन्ट गर्नुहोस्