टी–२० क्रिकेटः न्यूजिल्याण्डका यी क्रिकेटरले प्रहार गरे ६ बलमा ६ छक्का!

काठमाडौंः न्यूजिल्याण्डमा जारी सुपर स्मास टी–२० प्रतियोगितामा क्यान्टरबरी टिमका ब्याट्सम्यान लियो कार्टरले ६ बलमा ६ छक्का प्रहार गरेका छन् । उनले नथर्न डिस्किटक्सविरुद्ध ६ बलमा ६ छक्का प्रहार गरेका हुन् ।

कार्टरले एन्टोन डेवसिचको बलमा ६ बलमा ६ छक्का हिर्काउन सफल भए । उनकै शानदार ब्याटिङका कारण क्यानन्टरबरीले २२० रनको लक्ष्य सजिल्यै पूरा गर्‍याे ।

२५ वर्षीय कार्टर आजको खेलमा २९ बलमा ७ छक्का र ३ चौकासहित ७० रनमा अविजित रहे । उनले हालसम्म न्यूजिल्याण्डबाट अन्तर्राष्ट्रिय म्याच खेल्ने मौका पाएका छैनन् । तर, बलिङ गरेका डेवसिचले भने १२ वानडे र ४ टी–२० अन्तर्राष्टय म्याच खेलिसकेका छन् ।

एन्टोन अलराउन्डर हुन् । उनले पीपीएल, बीबीएल, टी–१० लिग, सीपीएल, ग्लोबल टी–२० लगायत लिगसमेत खेलिसकेका छन् ।

https://twitter.com/ESPNcricinfo/status/1213715495393738752?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1213715495393738752&ref_url=https%3A%2F%2Fwww.outlookindia.com%2Fwebsite%2Fstory%2Fsports-news-leo-carter-becomes-seventh-cricketer-to-hit-six-6s-in-an-over-watch%2F345195

कमेन्ट गर्नुहोस्