काठमाडौँः गायक तथा संगीतकार तिलकसिंह पेलाले २३ वर्षपछि आँशु एल्वमको तेश्रो भाग ‘निर्जन किनार’ को प्रोमो सार्वजनिक गरेका छन् ।
आँशु भाग–३ मा दुई नेपाली गजल, चार आधुनिक गीत, एउटा हिन्दी भजन गरी आठ वटा रचनाहरू समावेश गरिएको छ । ती मध्ये ‘निर्जन किनार’ र ‘कथा एउटै तिम्रो मेरो’ गरी दुईवटा गीतको प्रोमो सार्वजनिक गरिएको हो ।
बिसं २०५३ सालमा आफ्नै गायन तथा सङगीतमा आँशु एल्बम बजारमा ल्याएका गायक तथा सङगीतकार पेलाले २०५४ सालमा आँसु भाग–२ ल्याएका थिए ।
बि.सं. २०६१ सालदेखि काठमाडौंको बनस्थलीमा श्रीकृष्ण गुरुकुल संगीत पाठशालाको स्थापना गरी शास्त्रीय संगीतमा साधनारत पेलाले श्रोताहरुको अपार माया र स्नेहले २३ वर्षको साधनापछि आफू आँशु भाग–३ लिएर सांगितिक बजारमा पुन आएको बताए ।
एल्बम यही पुष २६ गते भव्य समारोहका बीच सार्वजनिक हुने पनि पेलाले बताए ।