काठमाडौंः जनस्तरबाट निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानका लागी कतारमा रहेका नेपालीहरूले सहयोग गरेका छन् । ।
कतारको दोहामा रहेको मोवासलट यातायात कम्पनी करवामा कार्यरत नेपालीहरूले एक लाख २७ हजार चार सय ३५ रुपैयाँ सहयोग गरेका हुन् ।
उनीहरूले उक्त रकम धुर्मुस सुन्तली फाउण्डेशनलाई प्रदान गरेका छन् ।