काठमाडौंः संसदीय सुनुवाई समितिको बैठकले न्याय परिषदमा नव नियुक्त सदस्य अधिवक्ता लक्ष्मिप्रसाद निराला खड्कालाई सर्वसम्मत रुपमा अनुमोदन गरेको छ ।
सिंहदरबारमा आइतबार बसेको बैठकमा संसदीय सुनुवाई समिति समक्ष प्रस्तुत हुँदै अधिवक्ता निरालाले न्याय क्षेत्रको बिश्वस्वनीयता वृद्धिका लागि आफू सदैव क्रियाशिल रहेको बताउँदै न्याय परिषदलाई स्वच्छ र पारर्दशी बनाउन लागिपर्ने बताएका थिए ।
उनले बिकृति र विसंगतीका विरुद्धको लडाईमा आफू नडगमगाउने प्रतिवद्धता पनि व्यक्त गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले अधिवक्ता लक्ष्मिप्रसाद निराला खड्कालाई न्याय परिषद सदस्यमा नियुक्त गरेका थिए ।