कोलम्बियाः कोलम्बियाको तटीय सहर केपस्थित एउटा निर्माणाधिन भवन भत्किँदा ३६ जनाको मृत्यु भएको छ ।
अरु २३ जना घाइते छन् । गेस्ट हाउसका लागि बनाइँदै गरेको भवन भत्किएको हो । जहाँ मृत्यु हुने सबै कामदार र तिनका परिवार हुन् । अधिकारीका अनुसार साततले भवन भत्किँदा कामदार च्यापिएर अड्कीएका थिए ।
राजधानी नोम पेनबाट १ सय ६० किलोमिटर टाढा पर्ने केप सहरमा यस्तो घटना भएको हो । स्थानीय मिडियाका अनुसार घटनास्थलमा रहेका बालबालिका सहित ५९ जना सुरक्षित छन् ।