काठमाडौंः कान्तिपुर मिडिया ग्रुपको अंग्रेजी पत्रिका ‘द काठमान्डु पोस्ट’का प्रधान सम्पादक अनुप काफ्लेले राजीनामा दिएका छन्।
आज ट्वीट गर्दै काफ्लेले आफूले राजीनामा दिएको उल्लेख गरेका छन् । राजीनामा दिए पनि उनी फेब्रुअरी १९ सम्म भने प्रधान सम्पादकै हैसियतमा काम गर्ने छन्।
काफ्ले डेढ वर्षअघि ‘द काठमान्डु पोस्ट’ को प्रधान सम्पादक नियुक्त भएका थिए।
अमेरिकाको कोलम्बिया विश्वविद्यालयबाट पत्रकारितामा स्नातकोत्तर गरेका काफ्लेले यसअघि वासिङटन पोस्ट, बजफिड र द एट्लान्टिक पत्रिकामा काम गरेका थिए ।