काठमाडौंः राजधानीका विभिन्न स्थानबाट पक्राउ परेका १२२ चिनियाँ नागरिकलाई जिल्ला प्रशासन कार्यालय काठमाडौले एक हजार रुपैयाँ जरिवाना गरेको छ ।
उनीहरू जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्णय अनुसार थुना मुक्त भए पनि अध्यागमन कानुन अनुसार अनुसन्धान गर्न प्रहरी हिरासतमा नै राखिएको महानगरीय प्रहरी परिसरका प्रमुख उत्तमराज सुवेदीले बताए ।
उनीहरूलाई भोलिबाट अध्यागनम कानुन अनुसार कारबाही शुरु गरिने उनले बताए ।