च्छो–रोल्पा क्षेत्रमा भेटियो दुर्लभ हिउँ चितुवा

दोलखाः गौरीशंकर संरक्षण क्षेत्रभित्र पर्ने दोलखाको गौरीशंकर गाउँपालिकास्थित प्रसिद्ध च्छोरोल्पा हिमतालमा दुर्लभ हिउँ चितुवा देखा परेको छ ।

गाउँपालिकाको वडा नम्बर–९ स्थित रोल्वालिङ उपत्यकामा संचालित क्यामेरा ट्रयापिङबाट उक्त उपत्यकाको प्रसिद्ध च्छो–रोल्पा हिमताल क्षेत्रमा हिउँ चितुवा रहेको प्रमाण फेला परेको हो ।

स्वचालित क्यामेराले रोल्वालिङ क्षेत्रमा २०७६ साल असार १५ गते, भदौ २२ गते र भदौ २६ गते गरि तीन पटक वयस्क हिउँ चितुवाको तस्बिर खिचेको गौरीशंकर संरक्षण क्षेत्र आयोजनाका आयोजना प्रमुख सत्यनारायण शाहले जानकारी दिए ।

याे पनि पढ्नुस  हिउँ चितुवा जोगाउन पशु विमा !

उनले एउटै हिउँ चितुवा दुई वा दुई भन्दा बढी समय एकै स्थानमा देखिनुले उक्त स्थानलाई हिँउ चितुवाले खाइखेली हिड्ने ठाउँको रुपमा प्रयोग गरेको हुनसक्ने बताए ।

आइतबार सदरमुकाम चरिकोटमा पत्रकार सम्मेलन गर्दै आयोजना प्रमुख शाहले समुद्री सतहबाट छ हजार ५३६ मिटर माथि हिउँ चितुवाको तस्बिर स्वचालित क्यामेराले तीन पटक खिचिएको बताए ।

याे पनि पढ्नुस  हिउँ चितुवा जोगाउन पशु विमा !

संरक्षण क्षेत्रले यासअघि गत जेठमा पनि विगु गाउँपालिकाको लप्ची उपत्यकामा हिउँ चितुवा देखा परेको तस्बिर रार्वजनिक गरेका थिए । उक्त तस्बिरमा हिउँचितुवाको टाउको तर्फको आधा भागमात्रै देखिएको थियो भने सयपट पुरै शरिर देखिने फोटो क्यामेरामा कैद भएको छ । च्छोरोल्पा हिमताल नजिकैको पहाडमा राखिएको स्वचालित क्यामरामा पुरै शरिरको हिउँ चितुवाको तस्बिर कैद भएको छ ।

कमेन्ट गर्नुहोस्