रोकिएन मेनपावरको ठगी, मंसिरमा मात्र ५ करोड ठगी

काठमाडौंः सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न नसक्दा युवाहरु ठगिने क्रम रोकिएको छैन ।

वैदेशिक रोजगारीको नाममा युवाहरु (महिलारपुरुष) लाई ठगी गर्नेमा संस्था तथा व्यक्तिहरु रहेको पाइन्छ ।

वैदेशिक रोजगार विभागमा युवाहरुले विदेश पठाउने नाममा संस्था अर्थात मेनपावर र व्यक्तिहरुले ठगी गरेको भन्दै प्रशस्त उजुरी आउने गरेको छ ।

याे पनि पढ्नुस  मकाउ पठाईदिन्छु भन्दै १९ लाख ठगी !

चालू आर्थिक वर्ष ९२०७६र०७७० को पहिलो पाँच महिनामा मात्र संस्थागत अर्थात मेनपावरले १९ करोड २९ लाख २४ हजार सात सय रुपैयाँ ठगी गरेको दाबी गर्दै युवाहरुले वैदेशिक रोजगार विभागमा छ सय ४१ वटा उजुरी दर्ता गराएका छन् । यो समाचार आजको आर्थिक दैनिकमा छ ।

कमेन्ट गर्नुहोस्