धनगढीबाट १ महिलासहित ५ जना लागूऔषध कारोबारी पक्राउ

कैलालीः लागूऔषध ब्राउन सुगर कारोबारमा संलग्न भएको आरोपमा एक महिलासहित ५ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका–१ का २२ वर्षीय समिर घिमिरे, २६ वर्षीय सौगात बोन सिजापति, २३ वर्षीय रोहित नेपाली, ३० वर्षीय रोशन सिंह र २० वर्षीया अस्मि ढुङ्गाना रहेको प्रहरीले जनाएको छ ।

याे पनि पढ्नुस  धनगढीको श्रीलंका गाउँमा करेन्ट लागेर महिलाको मृत्यु

जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतका अनुसार विशेष सूचनाका आधारमा पुगेको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–१ बाट पाँचै जनालाई पक्राउ गरिएको हो । प्रहरीले उनीहरूको साथबाट ब्राउन सुगरलगायत लागूऔषधसमेत बरामद गरेको छ ।

कमेन्ट गर्नुहोस्