अष्ट्रेलियामा आगलागीपछि देखिएका दर्दनाक तस्बिर (फोटोफिचर)

एजेन्सीः आगलागीको जटिल संकटमा जुधिरहेको अष्ट्रेलियामा ह्वात्तै बढेको तापक्रमबाट त्यहाँको जनजीवन संकटग्रस्त बनेको छ । दक्षिणी अष्ट्रेलियाको आकाश नै राताम्ये देखिन थालेको छ । मानिसहरु त्रस्त देखिन्छन् ।

आगोमा परेर २५ जनाले ज्यान गुमाइसकेको, १५ सयभन्दा धेरै घर जलेको र करोडौं एकड जमिन आगोले ध्वस्त भएको र अहिलेसम्म ५० करोड जनावर जलेको युनिभर्सिटी अफ सिड्नीका इकोलोजिस्टहरुले जनाएका छन् ।

करिब तीन हजार अग्निनियन्त्रक आगो नियन्त्रणको प्रयासमा अनवरत संघर्षरत छन् तर सफल हुन सकेका छैनन् । चार महिनादेखिको डढेलो नियन्त्रणमा आउने भन्दा बढी नियन्त्रण बाहिर गइरहेको छ ।

आगलागीपछि देखिएका दर्दनाक तस्बिर:

फोटोः एजेन्सी

कमेन्ट गर्नुहोस्