टेष्ट क्रिकेटमा वार्नरको अर्को शानदार शतक

काठमाडौंः अष्ट्रेलियाले टेष्ट सिरिजको अन्तिम खेलमा पाहुना टोली न्यूजिल्यान्डलाई ४ सय १७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

सिड्नीमा टेष्टको चौंथो दिन आज दोस्रो इनिङ्समा २ विकेटको क्षतिमा २ सय १७ रन जोड्दै इनिङ्स समाप्तिको घोषणा गरेर अष्ट्रेलियाले न्यूजिल्यान्डलाई ४ सय १७ रनको लक्ष्य प्रस्तुत गरेको हो ।

अष्ट्रेलियाका लागि ओपनर डेविड वार्नरले शतक बनाए । उनले १५९ बलमा ९ चौका प्रहार गर्दै अविजित रहँदै १ सय ११ रन बनाए । टेष्टमा वार्नरको यो २३ औँ शतक हो । यस्तै मार्नस लाबुसानेले ५९ र जोइ बुर्न्सले ४० रनको योगदान दिए । बलिङमा न्यूजिल्याण्डका म्याट हेन्री र टोड एस्टलले एक–एक विकेट लिए ।

याे पनि पढ्नुस  विकेटकीपर–कप्तानको रुपमा धेरै शतक बनाउने ३ क्रिकेटर

यसअघि अष्ट्रेलियाले पहिलो इनिङ्समा ४ सय ५४ रन बनाएको थियो । पहिलो इनिङ्समा मार्नुसले २ सय १५ रनको दोहोरो शतक बनाए ।

यस्तै स्टेभेन स्मिथ ६३ रनको अर्धशतकीय इनिङ्स खेल्दै आउट भए भने डेभिड वार्नर पनि ४५ रनमा पेभेलियन फर्किए । जोई बर्न्सले १८ रन बनाए । कप्तान टिम पेनले ३५ रन जोड्दा मिचेल स्टार्क र म्याथ्यू वेडले २२–२२ रन बनाए ।

याे पनि पढ्नुस  भारतसँगको टेष्ट सिरिज पनि न्यूजिल्याण्डद्वारा ‘क्लिन स्विप’

बलिङमा न्यूजिल्यान्डका कोलिन डी ग्रान्डहोमे र नील वाग्नरले समान ३र३ विकेट लिए । पहिलो इनिङ्समा न्यूजिल्यान्ड भने २ सय ५१ रन जोड्दा अलआउट भएको थियो ।

न्युजिल्यान्डका ग्लेन फिलिपले ५२ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै कप्तान टम लाथमले ४९ रन बनाए । टम ब्लुनडेलले ३४ तथा जित रावलले ३१ रन बनाए । अष्ट्रेलियाका नाथन लायनले ५ विकेट लिए । पाट कुमिन्सले ३ विकेट लिए ।

याे पनि पढ्नुस  वानडे क्रिकेटमा ९९ रनमा आउट हुने खेलाडी

विश्व टेष्ट च्याम्पियनसिप अन्तर्गतको सिरिज अष्ट्रेलियाले २–० ले जितिसकेको छ । यस अघि पहिलो टेष्ट २ सय ९६ रनले जितेको अष्ट्रेलियाले दोस्रो टेष्ट २ सय ७४ रनले आफ्नो बनाएको थियो ।

कमेन्ट गर्नुहोस्