काठमाडौंः दुर्घटना न्यूनिकरणका लागि यातायात व्यावसायीले महानगरीय ट्राफिक प्रहरी महाशाखासँग १९ बुँदे प्रतिवद्धता जनाएका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रतिनिधि, मजदुर ट्रेड युनियनका प्रतिनिधि तथा उपत्यकामा सञ्चालित यात्रुबहाक बसका चालकले उक्त प्रतिवद्धता जनाएका हुन् ।
प्रतिवद्धतामा चालकले मोबाइल फोन प्रयोग नगर्ने, ठूलो आवाजमा म्यूजिक नबजाउने, जुत्ता लगाएर मात्रै सवारी चलाउने, भाडा बढी नलिने, ढोका खुल्ला गरेर गाडी नचलाउनेलगायत उल्लेख छन् ।
महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालले सहमति अनुसार ८ सदस्यीय अनुगमन समिति पनि गठन गरिएको बताए । जसमा प्रहरी उपरीक्षक (एसपी) राजकुमार वैदवारको नेतृत्वमा यातायात व्यवसायी, मजदुर, कम्पनीरप्रा.लि.का प्रतिनिधि छन् ।