एजेन्सीः अमेरिकाको ड्रोन आक्रमणमा ज्यान गुमाएका जनरल कारिम सुलेमानीको शव उनको जन्मस्थान तेहरान पुर्याइएको छ । उक्त आक्रमणमा इराकी सेनाका कमान्डर तथा प्रमुख कतइब हिजबुल्ला, अबु महदी अल–मुहान्दिसलगायत पाँच जनाको ज्यान गएको छ ।
इरानी जनरलको शव इरान उडाउनुअघि बगदादमा हजारौं मानिसहरु उनको शोक सभामा उपस्थित भए । सुलेमानीको शव तेहरानमा पुर्याउनुअघि उनलाई सोमबार तेहरान युनिभर्सिटीमा अन्तिम श्रद्धाञ्जली दिइनेछ भने मंगलबार उनको जन्मस्थान केरमान पुर्याउनुअघि मासुमेह श्राइनमा पनि अन्तिम श्रद्धाञ्जलीका लागि राखिने बताइएको छ । सुलेमानीको शवलाई अन्तिम श्रद्धाञ्जली दिन मानवसागर उर्लिएको देख्न सकिन्छ ।