अमेरिकाद्वारा इराकमा मारिएका इरानी जर्नेल कासिम सुलेमानीकी छोरीले अमेरिकाले छिट्टै ‘कालो दिन’ भोग्नुपर्ने बताएकी छन् । तेहरानमा सुरू भएको शवयात्रालाई सम्बोधन गर्दै जेनव सुलेमानीले अमेरिकाको दुःखका दिन आएको बताएकी हुन् ।
पिताको शवको सामुन्ने उभिएर उनले भनिन्,‘बहुलठ्ठक ट्रम्प १ मेरो बुबाको शाहदतसँगै सबै कुरा सकियो भन्ने कदापि नठान ।’ इरानले हत्याको बदला लिने चेतावनी दिइसकेको छ। ठूलो संख्यामा शोकसन्तप्त इरानीहरू
भेला भएका कारण तेहरानको सडक भरिएको छ। मानिसहरू रोइरहेको दृष्य देखिएको छ। सुलेमानीको तस्वीर बोकेका उनीहरूले अमेरिकालाई सत्तोसराप गरेका छन्। इरानका सर्वोच्च नेता अयोतोल्लाह खमेनीले सुलेमानीको चीरशान्तिको कामना गरेपछि शोकसभामा सुरू भएको थियो। शोकसभापछि सोमबारै शवलाई सिया इस्लाम धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल कोम लगिनेछ। मंगलबार गृहनगर कर्मानमा उनको अन्त्येष्टी गरिने एजेन्सीहरूले जनाएका छन्।
इरानले सन् १९७९ मा तेहरानस्थित अमेरिकी दूतावासका ५२ जनालाई ४४४ दिनसम्म बन्धक बनाएको थियो। त्यसैको संकेतका रुपमा ट्रम्पले ५२ स्थानुलाई निशाना बनाउने चेतावनी दिएका हुन्।