युएई । संयुक्त अरब इमिरेट्समा नेपाली नागरिकको स्वामित्वमा रहेका कम्पनीहरुले नेपाल बाट कामदारको माग गर्दा ब्यक्तिगत रोजगार भिषा दूतावास बाट प्रमाणीकरण नहुने दूतावासले जनाएको छ ।
सोमबार एक सूचना जारी गर्दै दूतावासले जनवरी १५ तारीख देखि त्यस्ता कम्पनीले नयाँ कामदारको माग गर्दा नेपाल सरकारको इजाजत प्राप्त संस्थाहरु बाट प्रचलित कानुन बमोजिम नै ल्याउने पर्ने जनाएको छ।
यसअघि दूतावासले युएईमा नेपालीको स्वामित्वमा रहेका कम्पनीले नेपाली कामदार माग गर्दा दूतावास बाट नै ब्यक्तिगत रोजगार भिसा प्रमाणीकरण गर्ने गरेको भएपनी अब त्यसलाई बन्द गर्ने बताएको छ।