काठमाडौंः अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) मा सिड्नी थन्डरविरुद्ध ब्रिसबेन हिटका युवा ब्याट्सम्यान टम ब्यान्टनले शानदार अर्धशतक बनाएका छन् ।
उनले १६ बलमा ७ छक्का र २ चौका प्रहार गर्दै अर्धशतक बनाएका हुन् । ब्यान्टनले चौथो ओभरमा पाँच बलमा ५ छक्का प्रहार गरे ।
वर्षाका कारण ८ ओभरमा झारिएको खेलमा क्रिस लिन नेतृत्वको ब्रिसबेनले ५ ओभरमा एक विकेट गुमाएर ९० रन बनाएको छ ।