खाल्डोमा पुरिएको अवस्थामा युवतीको शव फेला

सर्लाहीः तीन दिनअघि घरबाट हराएकी वाग्मती नगरपालिका–५ टेकानीमा अन्दाजी २५ वर्षीया पूर्णिमा मोक्तान शव फेला परेको छ ।

जंगलमा खाल्डो खनेर परालले पुरिएको अवस्थामा पूर्णिमाको शव फेला परेको प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले बताए ।

उनले शवको प्रकृति हेर्दा हत्या गरिएको हुनसक्ने र त्यस विषयमा अनुसन्धान भइरहेको बताए । शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा पठाइएको छ ।

कमेन्ट गर्नुहोस्