पुष २७ गते अघि नै सभामुखको टुङ्गो लाग्छः शर्मा

काठमाडौंःसत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा राष्ट्रिय सभाका संसदीय दलका नेता दिनानाथ शर्माले यही पुष २७ गतेभन्दा अघि नै सभामुखको नाम टुँगो लाग्ने स्पष्ट पारेका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता शर्माले सभामुखमा आफ्नो पार्टीको दाबी रहेको सुनाउँदै अब बस्ने प्रतिनिधिसभाको बैठकभन्दा अघि नै सभामुख कसलाई बनाउने भन्नेबारे टुँगो लगाउने बताएका हुन् ।

याे पनि पढ्नुस  नेकपा नेता रायमाझीको निधन

उनले सभामुख चयनमा राष्ट्रपति विद्यादेवी भण्डारीले कुनै चासो नराखेको पनि स्पष्ट पारे । उनले नेकपामा अब पूर्व एमाले वा पूर्व माओवादी केन्द्र कोही पनि नभएको जिकिर गरे ।

कमेन्ट गर्नुहोस्