सन्दीपको टिमका यी खेलाडी बीबीएलबाट बाहिरिए

काठमाडौंः अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) को फ्रेन्जाइज टिम मेलबर्न स्टार्सका फास्ट बलर प्याट ब्राउन चोटका कारण घर फर्किएका छन् ।

२१ वर्षीय इंग्लिश फास्ट बलर ब्राउन बीबीएलको यो सिजनबाट चोटका कारण एक म्याच पनि नखेल्दै घर फर्किएका हुन् ।

याे पनि पढ्नुस  सीपीएल : नवौं म्याच खेल्दै जमैका, सन्दीपलाई शीर्ष स्थानमा पुग्ने मौका

मेलबर्नले सुरुवातका म्याचदेखि नै उनलाई बेन्चमै राख्दै आएको थियो । जारी सिजनमा पनि मेलबर्नले शानदार प्रदर्शन गरिरहेको छ । उसले ६ म्याच खेल्दा ५ मा जित र एक खेलमा मात्र हारको सामना गरेको छ ।

मेलबर्न अंक तालिकामा १० अंकका साथ शीर्ष स्थानमा छ । ग्लेन म्याक्सवेल नेतृत्वको मेलबर्नले आफ्नो सातौँ म्याच बुधबार खेल्दै छ ।

याे पनि पढ्नुस  बीबीएल क्वालिफयार खेल छोडेर नेपाल फर्किँदै सन्दीप

आफ्नो सातौँ म्याचमा मेलबर्नले सिड्नी थन्डरको सामना गर्ने छ ।सिड्नी र मेलबर्नबीचको खेल दिउँसो १ः५५ बजेदेखि सुरु हुनेछ ।

जारी प्रतियोगितामा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले ५ म्याचमा ६ विकेट लिएका छन् । उनले अन्तिम खेलमा मेलबर्न रेनेगेडसविरुद्ध ४ ओभरमा २६ रन दिएर महत्वपूर्ण ३ विकेट लिएका थिए ।

याे पनि पढ्नुस  इस्टर्न रिजन कपः मलेसियाविरुद्ध सन्दीपले लिए लगातार २ विकेट

कमेन्ट गर्नुहोस्