प्रदेश राजधानी सुर्खेतमै १८ सय छाउगोठ

४ दिनमा ३ सय छाउगोठ हटाइए

सुर्खेतः कर्णाली प्रदेशको राजधानी सुर्खेतमा १८ बढी छाउगोठहरु रहेको पाइएको छ । विशेषगरी पश्चिम सुर्खेतको बराहताल गाउँपालिका, चौकुने गाउँपालिका र पञ्चपुरी नगरपालिकामा त्यतिको संख्यामा छाउगोठहरु रहेको पाइएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ ।

गृह मन्त्रालयले पुस ८ गते छाउगोठ मान्नेहरुलाई कारबाही गर्न परिपत्र दिएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले पुस १३ गते कार्ययोजना बनाएको थियो । सोही कार्ययोजना अनुसार कारबाही तथा सचेतनामूलक कार्य सँगसँगै अगाडि बढाइएको प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले बताए । पुस १८ गते बराहतालको वडा नं. ६ देखि छाउगोठ भत्काउन शुरु गरिएको भन्दै उहाँले सोमबार चार दिनमा ३ सयवटा छाउगोठहरु भत्काइएको जानकारी दिए ।

याे पनि पढ्नुस  दैलेखमा एकै दिन थपिए ५० कोरोना संक्रमित

प्रदेश राजधानी सुर्खेतका बराहताल गाउँपालिका, चौकुने गाउँपालिका र पञ्चपुरी नगरपालिकामा भएका छाउगोठहरुको लगत लिने काम थालिएको र सो क्रममा १८ सय बढी छाउगोठहरु रहेको पाइएको प्रजिअ अधिकारीले बताए । ती पालिकाहरुमा कर्मचारीहरु पनि खटाउँदै स्थानीय तह, प्रहरी, सशस्त्र प्रहरीहरुको सहयोगमा धमाधम छाउगोठहरु भत्काइएको छ ।

यसका साथै जिल्ला प्रशासन कार्यालय र पञ्चपुरीको इलाका प्रशासन कार्यालयमा सेवा लिन आउन सेवाग्राहीहरुलाई म छाउ मान्दिन, छाउपडी अभियानलाई समर्थन गर्दछ भनेर हस्ताक्षर गरेपछि मात्रै सेवा दिइने व्यवस्था गरिएको छ । प्रजिअ अधिकारीले छाउपडी अभियान विरुद्धमा सरिक बनाउन सेवाग्राहीहरुलाई यो प्रतिबद्धता गराइएको जानकारी दिए ।

याे पनि पढ्नुस  कर्णाली मन्त्रिपरिषद्ः कोरोना नियन्त्रणका लागि महत्वपूर्ण निर्णय

पश्चिम सुर्खेतमा विशेषगरी अछाम जिल्लाबाट बसाई सरी आएका समुदायले छाउपडी प्रथा बढी मान्ने गरेको प्रशासनले जनाएको छ । ती क्षेत्रमा धर्म र देउताका नाममा छाउ मान्ने गरिएको, छाउगोठमा बसेका बेला किशोरी तथा महिलामाथि हिंसा हुने गरेको, दूधदहीसमेत खान नदिइएको, पहिलो पटक महिनाबारी हुँदा १५ दिनसम्म विद्यालय छुट्ने गरेको पाइएको भन्दै छाउपडी विरुद्ध प्रशासनले सशक्त कदम उठाएको प्रजिअ अधिकारीले बताए ।

याे पनि पढ्नुस  सुर्खेतका ११ सहित थप २९ जनामा कोरोना संक्रमण

मनभित्रको छाउप्रथा हटाउन निकै कठिन भएको हुँदा सचेतनाका कार्यक्रमहरु अगाडि बढाउन सम्बन्धित पालिकाहरुलाई निर्देशन दिइसकिएको छ । पहिलो चरणमा सवै छाउगोठहरु नष्ट पार्ने जानकारी दिदैं प्रजिअ अधिकारीले त्यसपछि सचेतनाका कार्यक्रमहरु अगाडि बढाउने र अन्तमा छाउपडी मुक्त पालिकाहरु घोषणा गरिने उल्लेख गरे ।

कमेन्ट गर्नुहोस्