शाह र तामाङलाई कीर्तिमय दीर्घ योगदान सम्मान

काठमाडौंः बरिष्ठ कलाकार नीर शाह र मेकअप आर्टिष्ट सन्तु तामाङलाई जनही एक लाख रुपैयाँ राशिसहित कीर्तिमय दीर्घ योगदान सम्मान २०७६ प्रदान गरिएको छ ।

यस्तै, पोखराका समाजसेवी सोनाम साङ्पोलाई भरतलाल ह्युम्यानिटेरियन अवार्ड र इमेज ग्रुप अफ कम्पनीका अध्यक्ष रामकृष्ण मानन्धरलाई पुष्कर मिडिया अवार्ड प्रदान गरिएको छ । सो अवार्डको राशि जनही एक लाख रुपैयाँ रहेको छ ।

कामना फिल्म अवार्ड २०७६ को अवसरमा सो सम्मान प्रदान गरिएको हो । नेपाल समाचारपत्रको सह–प्रकाशन कामना सिने मासिकको आयोजना तथा सिजी ईन्टरनेन्मेन्टको प्रस्तुतिमा पाँच वर्षदेखि कामना अवार्ड आयोजना गर्दै आएको छ ।

कमेन्ट गर्नुहोस्