चीनीयाँ गृहमन्त्रीको शिरमा नेपाली भादगाउँले टोपी

काठमाडौंः चीन भ्रमणमा रहेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले आफ्ना चिनियाँ समकक्षी झाओ केझीलाई भादगाउँले टोली लगाईदिएका छन् ।

चीनको गृहमन्त्रालयमा सोमबार भएको भेटमा बादलले उपहारमा झाओलाई टोपी पहिराईदिएका हुन्।

चिनियाँ जनसुरक्षा मन्त्रालयको निमन्त्रणमा गृहमन्त्री थापा ६ दिने भ्रमणका लागि आइतबार बिहान बेइजिङतर्फ प्रस्थान गरेका थिए ।

याे पनि पढ्नुस  दशैं तिहारमा शान्ति सुरक्षा सुदृढ बनाउँछौंः गृहमन्त्री थापा

भ्रमण क्रममा उनले चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम छ । भ्रमण टोलीमा गृहमन्त्रीका सुरक्षा सल्लाहकार डा इन्द्रजित राई, गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्मा र नेपाल प्रहरीका डीआईजी सूर्यप्रसाद उपाध्यायलगायत छन् ।

गृहमन्त्री थापा नेतृत्वको टोलीले चीनको बेइजिङ, सांघाई र ल्हासा भ्रमण गर्ने कार्यक्रम छ ।

कमेन्ट गर्नुहोस्