चितवनमा बोराभित्र ५ महिने शिशुको शव फेला

चितवनः चितवनमा बोरामा पोको पारेर फालेको अवस्थामा एक शिशुको शव भेटिएको छ ।

चितवनका डीएसपी एकनारायण कोइरालाका अनुसार जिल्लाको भरतपुर महानगरपालिका–१५ शिवराम चोक नजिक सोमबार एक नवजात शिशुको शव भेटिएको हो ।

बोरामा पोको पारेर फालिएको अवस्थामा करिब ५ महिनाको शिशुको शव फेला परेको डीएसपी कोइरालाले जानकारी दिए । उनका अनुसार शिशुको शवलाई भरतपुर अस्पतालमा ल्याएर पोस्टमार्टम गरिएको छ ।

शिशुलाई कसलै मारेर फालेको हुनसक्ने आशंका प्रहरीले गरेको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेकोले भेटिएको शिशुको शव कसको हो भन्ने केही नखुलेको डिएसपी कोइरालाले बताए ।

कमेन्ट गर्नुहोस्