सोनिका रोकायाले भनिन्, ‘पारस शाहको पैसाको लागि उनको पछि हिँडेकी होइन’

काठमाडौंः पूर्व राजकुमार पारस शाह र मोडल सोनिका रोकायाको जोडीको बारेमा धेरै थरिका गसिपहरु सामाजिक सञ्जालमा आजकल चल्ने गरेका छन् ।

जब पारस सोनिकाको क्लबको उद्घाटनमा पुगे, यी दुईबीचको गसिप बन्न थाल्यो र जब पारसले सोनिकालाई लिएर मनाङसम्म घुम्न पुगे । त्यसपछि धेरैले आ–आफ्नो तरिकाको अनुमान गर्न थाले ।

पारसको पैंसाको लागि सोनिका पछि लागेकीदेखि सोनिकाले गर्दा पारसले श्रीमती हिमानी शाहसँग डिभोर्ससम्म गर्ने हल्ला समेत सामाजिक संजालमा चल्न थाले । अहिले सामाजिक संजालमा पारस र सोनिकाको लभ अफेयर चलिरहेको छ भन्ने गसिप चलिरहेको छ । यही विषयमा पारसले भनेका पनि थिए कि ‘हाम्रो सम्बन्ध भगवान् जाने’ ।

याे पनि पढ्नुस  जनमत बटुल्दै पारस, यस्तोमा देखिए आज

आज सोनिकाले दुर्गेश थापासँग एउटा गीतको भिडियोमा मोडलिङ्ग गरेकी छिन् । उक्त गीतको शुटिङ्गको क्रममा सोनीकाले एक युट्युब च्यानलसँग कुराकानी गर्दै पारससँग आफ्नो नाम जोडेर बदनाम गराउनेमाथि आक्रोश व्यक्त गरिन् । आफू सानैदेखि दुःख पिडा सहदै संघर्ष गर्दै यो स्थानसम्म आइपुगेको कुरा उनले स्पष्टसँग भनेकी छिन् ।

याे पनि पढ्नुस  किन परे पारस ट्राफिकको फन्दामा ? कारण यस्तो छ

सोनिका भन्छिन्, ‘म यो जाडोमा दुर्गेश थापासँग गितको भिडियोमा डान्स गरिरहेको छु र यो गर्नुको कारण पैसा कमाउन हो । यदि म पारस शाहको पैसाको लागि कुदेको भए यो जाडोमा किन यति दुःख गर्थे होला? पारसको पैसाको लागि सोनिकापछि परेको भन्नेहरुले पहिला मेरो इतिहास बुझे राम्रो हुन्थ्यो । हुन त मलाई अरुले जे भनुन मतलब त छैन तर त्यस्ता अबुझ व्यक्तिहरुले हेरुन कि सोनिका पैसाको लागि अरुको पछि लाग्दैन बरु मिहिनेत गरेर पैसा कमाउन सक्ने आँट भएकी केटी हो ।’ क्यानडा नेपालबाट

कमेन्ट गर्नुहोस्