छोरीको हत्या आरोपमा आमासहित ४ जना पक्राउ

वीरगञ्जः आफ्नै १५ वर्षीया छोरीको हत्या गरी शव जलाएर गाडेको आरोपमा आमासहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्षाको पोखरिया नगरपालिका-९ शिवबर्वाकी ३० वर्षीया शिवकली देवी, ३९ वर्षीय राजेन्द्र महतो तत्वा, २८ वर्षीय सन्तोष महतो तत्वा र ट्याक्टर चालक वडा नम्बर ८ बस्ने १९ वर्षीय सुबोध भन्ने जितेन्द्र यादव रहेका छन् ।

याे पनि पढ्नुस  यूएईमा २ नेपालीको छुरा प्रहार गरेर हत्या

प्रहरीका अनुसार पक्राउ परेकी शिवकली बालिकाकी आमा हुन् भने राजेन्द्र र सन्तोष काका हुन् । पुनिताका बुवा वीरेन्द्र दास तत्वा भने फरार रहेको पर्सा प्रहरीले जनाएको छ ।

पुनिताको हत्या परिवारकै सदस्यबाट भएको आशंका प्रहरीले गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी विरेन्द्र शाहीका अनुसार कुटपिट गरेर मारेको आशंकामा आमा शिवकलीसहित ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

याे पनि पढ्नुस  कैलालीमा चिर्पटले हानेर छोराले गरे बुवाको हत्या

इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक चन्द्र सिंहले धेरै दिन अघि नै शव जलाइएको र गाडेको जस्तो देखिएको बताए । घरदेखि करिब २ किलोमिटर उत्तरतर्फ रहेको खोला नजिकै जलाएर शव गाडेको छ भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको डीएसपी शाहीले बताए ।

याे पनि पढ्नुस  लण्डनमा कामबाट फर्किंदै गरेको बेला एक नेपालीको हत्या

प्राप्त सूचना अनुसार इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको टोली घटनास्थल पुग्दा पुनिताको शव जलाएर बचेको शरीरको आंशिक भागहरु केही पर गाडेको अवस्थामा फेला परेको थियो ।

कमेन्ट गर्नुहोस्