सुलेमानीको अन्त्येष्टीमा भागदौड: ३५ को मृत्यु, ४८ जना घाइते

एजेन्सीः मङ्गलबार इरानी सैन्य जनरल कासिम सोलेमानीको अन्त्येष्टीमा भागदौड मच्चिँदा ३५ जनाको मृत्यु भएको छ भने अन्य ४८ जना घाइते भएका छन् । इरानको राष्ट्रिय टेलिभिजनले जनाएअनुसार जनरल सोलेमानीको गृहसहर कर्मानमा मलामीका क्रममा उक्त भागदौड मच्चिएको हो ।

सुलेमानीलाई उनको गृहनगर केर्मानमा समाधिस्थ गर्न लाग्दा उनको अन्तिम संस्कारमा लाखौँ मानिसहरू भेला भएका थिए ।

इरानको आपतकालीन मेडिकल सेवाका प्रमुख पिरहुसैन कुलिवान्डले उक्त भागदौड भएको बताएका हुन् । मङ्गलबार सबेरै उक्त मलामी यात्राअघि समर्थकको भीडले ‘डेथ टु इजराल’ (इजरायल मुर्दावाद) नारा लगाएका थिए ।

सोलेमानीलाई पूर्व सैन्य प्रमुख इनायतोल्लाह तालेबिज्दाह र मोहम्मद हुसैन युसुफ इलाही गाडिएको ठाउँको बीचमा अन्तिम संस्कारसहित गाडिने जनाइएको छ । ती दुई सैन्य प्रमुख सन् १९८० ताका इरान– इराक युद्धमा मारिएका थिए । सोलेमानी पनि उक्त युद्धमा सहभागी थिए ।

सुलेमानीको मृत्युपछि अमेरिका र इरानबीच तनाव चुलिएको छ । इरानको विशिष्ट सैन्य बल कूड्स फोर्सका प्रमुख सुलेमानीलाई सर्वोच्च नेता आयतूला अली खामनेईपछि दोस्रो लोकप्रिय नेता मानिन्थ्यो । तर अमेरिकाले उनलाई आतङ्ककारी घोषणा गरेको थियो ।

कमेन्ट गर्नुहोस्